×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग्रेका सरकारी गाडी तत्काल बेच्न सांसद गैरेको माग 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिग्रेका सरकारी गाडी तत्काल बेच्न सांसद गैरेको माग 

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले बिग्रिएका सरकारी गाडी तत्काल बेच्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरु तत्काल बिक्री वितरण गर्न सरकारसँग माग गरेका हुन् । 

उनले देशभर बिग्रिएर थन्किएका सवारी साधनहरुको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धी विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । 

‘सरकार कार्यालयमा दर्जनौँ गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन् । त्यसले वातावरण प्रदुषण र सुन्दरतामा र अर्बौँको सम्पत्ति क्षति भइरहेको छ ।’, उनले भने, ‘देशभरी बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी बिक्रीवितरण गरियोस् र त्यसबाट आउने रकमको सदुपयोग हुनेगरि एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसाबले सरकारको प्रस्तुतिका लागि रुलिङ होस्, म माग गर्न चाहन्छु ।’

त्यस्तै, सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने पनि बताएका छन् । सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि सांसद गैरेले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: