Skip to content
LAXMI SUNRISE BANK

ट्रस्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

अर्थ सरोकार

काठमाडौं। ट्रस्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ। सभा असार २२ गते कम्पनीको केन्द्रिय कार्यालय, बुटवलमा हुने तय भएको छ।  

कम्पनीले सो सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेका छन् ।

उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि थप प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ। 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK