काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर ‘याम्डी’बीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित योजन आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा.श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
सो भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य प्रगति समीक्षा विषयमा छलफल भएको थियो ।
साथै, आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा नेपालको सहभागिताका विषयमा समेत छलफल भएको थियो । उक्त नेपालको तेस्रो दीगो विकास लक्ष्य सम्बन्धी स्वेच्छिक राष्ट्रिय समीक्षा ९ भिएनआर० प्रतिवेदन पेश हुनेछ । यसअघि उक्त भिएनआर प्रतिवेदन पहिलो सन् २०१७ र दोस्रो सन् २०२० मा प्रस्तुत भएको थियो ।
संयुक्त राष्ट्र संघले हालसम्म गर्दै आएका सहयोगका लागि धन्यबाद दिँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्