×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङबाट न्याय खोज्दै काठमाडौँ आए वेष्ट्रन डेभलपमेन्ट बैंकका पीडितहरु… (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दाङबाट न्याय खोज्दै काठमाडौँ आए वेष्ट्रन डेभलपमेन्ट बैंकका पीडितहरु… (फोटो-कथा)

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंकका पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), ब्रान्च मेनेजर र सञ्चालक समितिका सदस्य मिलेर गरेको घोटालामा आफूहरुलाई फसाइएको भन्दै मंगलबार पीडितहरुको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

तत्कालीन वेस्ट्रन बैंकमा भएको कुल १८ करोड रुपैयाँ घोटाला प्रकरणमा निर्दोषलाई फसाइएको भन्दै उनीहरुले दाषीमाथि कारबाही र निर्दोषलाई न्यान दिन माग गरेका छन् ।

देव विकास बैंकसँग मर्ज हुनुअघि बैंकका तत्कालीन ब्रान्च मेनेजर समीर बुढाथोकीले आफूले विभिन्न व्यक्तिसँग नगद सापटी लिने र बैंकमा फर्जी ऋणी खडा गरी आफूले सापटी लिएकाहरुको खातामा फर्जी ऋणबापतको रकम हालिदिएर घोटाला गरेका थिए । सोही कारण बुढाथोकीलाई नगद सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरु फर्जी ऋण खडा गरी बैंक मेनेजरले गरेको १८ करोड घोटाला प्रकरणमा मुछिएका छन् ।

उच्च अदालत दाङलेसमेत आफूहरुलाई दोषी देखाएर सजाय सुनाएपछि हाल वेष्ट्रन डेभलपमेन्ट बैंकका पीडितहरु सर्वोच्च गएका छन् ।

तर, यसअघि बैंकका सीईओ, सञ्चालक समितिका सदस्य तथा शाखा प्रबन्धकको मिलेमतो र प्रभावका आधारमा निर्दोषलाई बैंकिङ कसुरमा सजाय दिइएको र सिँगो गाउँ नै जेल जाने स्थिति देखिएपछि पीडितहरुले उक्त बैंक घोटाला प्रकरणको पुनः अनुसन्धान गर्न, पीडितलाई न्याय दिन र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै आन्दोलन गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: