×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ असार १३ मा, विजेतालाई १३ करोड !

GLOBAL IME BANK

‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ असार १३ मा, विजेतालाई १३ करोड !

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ । नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । 

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको थियो । 

विकसित देशहरु सबैजसोमा स्टार्टअप वर्ल्डकपको आयोजना हुने गरेको भए पनि नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वर्ल्डकप भित्र्याएको हो । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपहरु मध्येबाट असार १३ गते नेपाल च्याम्पियन छनोट गरिने जनाइएको छ । 

नेपाल च्याम्पियन एउटा स्टार्टअपको आइडिया मेकरलाई अमेरिकाको सान-फ्रान्सिस्कोमा अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागिताको अवसर प्राप्त हुनेछ । 

स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने छन् । पछिल्लो एक दशकदेखि नेपालमा स्टार्टअप इकोसिस्टम बनाउन लागि परेको स्टार्टअप हब नेपालले जनाएको छ । नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके मुलुकको अर्थतन्त्रमा योगदानसँगै विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने आयोजकको विश्वास छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: