×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभावः धमाधम खाली हुँदै व्यापारिक भवन, सहरभरिका सटरमा ‘टु-लेट’को पर्चा (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्दीको प्रभावः धमाधम खाली हुँदै व्यापारिक भवन, सहरभरिका सटरमा ‘टु-लेट’को पर्चा (फोटो-कथा) 

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर काठमाडौँका व्यवसायिक भवनहरुमा देखिन थालेको छ । मन्दिकै कारण व्यवसाय सुस्ताएपछि धेरै व्यवसायिक सटरहरु खाली भएका छन् भने अधिकांश सटर खाली हुने तरखरमा छन् । 

यहीबीच काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारका अधिकांश सटरहरुमा जताततै अहिले टु-लेटका पम्प्लेट देखिन्छन् । 

अहिले काठमाडौँका मुख्य व्यापार हुने क्षेत्रका भवनमा व्यापारिक सटर तथा अफिसका बोर्ड कम टु-लेटका पम्प्लेट बढी देखिन्छन् । भव्य देखिने धेरै व्यापारिक मल पनि अहिले सुनसानजस्तै छन् । बरु सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् ।

विगतको तुलनामा अहिले सानादेखि ठूला सबै व्यापार सुस्ताएको छ । राजधानीका मलहरु कुनै बेला हप्ताको सातै दिन भिडभाड हुने गरेको भए पनि अहिले भने ती मलहरु सुनसान बनेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी