काठमाडौँ । आषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ । दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै आषाढ पूर्णिमा हो । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि लिइन्छ ।
कार्यक्रममा थेरावडा संघ, महायान संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।
नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताएका छन् । त्यस्तै, नियोग उपप्रमुखले शताब्दियौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्