काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका कर तथा राजश्व समिति सभापति अम्बिका प्रसाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको विकराल अवस्था आउन लागेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै इन्भेष्टर्स फोरमका पूर्व अध्यक्षसमेत रहेका सभापति पौडेलले यस्तो बताएका हुन् ।
उनले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सकेको खण्डमा धेरै भन्दा धेरै राजश्व उठाउन सकिने उल्लेख गरेका छन् ।
‘कर प्रशासन सुधार हुनु आवश्यक छ । नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ । अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो कि ? कर प्रशासनलाई साच्चिकै व्यवस्थित र पारदर्शी बनाएर धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानून र कर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ ।’, उनले भने, ‘कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको विकराल अवस्था आउन सक्ने देखिएको छ । कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै विकराल अवस्था आउन सक्छ ।’
त्यस्तै, उनले कर सम्बन्धी सरकारले बनाउने कानूनहरुमा भएका गल्तिहरुलाई सुधार गर्न फोरमहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्