काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची सिमेन्टको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको बक्यौता महसुल तिर्न अटेर गरेपछि असार २५ गते (मंगलबार) मध्यरातमा उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले २०७२ माघदेखि २०७५ बैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनको ३५ करोड ८८ लाख रुपैयाँ र थप २५ प्रतिशत बक्यौता महसुल तिर्न बाँकी छ ।
यसअघि प्राधिकरणले बिजुली प्रयोग गरेबापतको बक्यौता तिर्न पत्राचार गरे पनि उद्योगहरुले बक्यौता तिर्न अटेर गरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबार मध्यरातमा अर्घाखाँची सिमेन्टसहित बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको पनि लाइन काटिएको छ ।
बक्यौता तिर्न प्राधिकरणले उद्योगहरुलाई बिलसहितको पत्र पठाएपछि मंगलबार उद्योगीहरुले आकस्मिक पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनीहरुले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादलाई गिजोल्न खोजेको भन्दै विरोध गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्