काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
सो अवसरमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदानका बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ क्षेत्रका चुनौतीहरूका विषयमा जानकारी गराएका थिए ।
साथै, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।
भेटका क्रममा संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।
नव नियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरूको सहज समाधानका लागि सरोकारवालाहरू एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने बताएका थिए । मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने बताए ।
त्यस्तै, भेटको क्रममा अर्थमन्त्रीले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए । बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गइरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए । वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुन आग्रह गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्