काठमाडौं । भण्डारी सेवा समाज नेपाल (रघुबंशी कौशिक गोत्रीय) को बारा जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । समाजका जेष्ठ सदस्य जगतबहादुर भण्डारीको अध्यक्षतामा शनिबार निजगढमा सम्पन्न जिल्ला सम्मेलनले टेकबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
सम्मेलनले पदमबहादुर भण्डारीको संयोजकत्वमा ६ सदस्यीय जिल्ला स्तरीय सल्लाहकार समिति चयन समेत गरेको छ । सो सम्मेलनमा केन्द्रीय सदस्य शम्भु भण्डारी, मधेश प्रदेश अध्यक्ष बिक्रम भण्डारी, मधेश प्रदेश उपाध्यक्ष बावुकाजी भण्डारी, मधेश प्रदेश उपाध्यक्ष माधव भण्डारी, मधेश प्रदेश सदस्य मानबहादुर भण्डारी, कृष्णबहादुर भण्डारी ‘बद्रि’ लगायतको उपस्थिति रहेको थियो ।
भण्डारी समाजका केन्द्रीय उपाध्यक्ष एवं मधेश र बागमती प्रदेशका इञ्चार्ज कुमार भण्डारीले समाजको गतिविधिलार्य थप सशक्त रुपमा अघि बढाइने र बाँकी रहेका जिल्लाहरुमा यथाशिघ्र जिल्ला सम्मेलन गर्ने जानकारी दिएका छन् । उनका अनुसार आगामी १९ साउनमा रामेछाप जिल्ला सम्मेलन हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्