×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको सिको गर्दै वीरगंज महानगरले ३ उद्योगको गेटमा फोहोर थुपारिदियो 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बालेनको सिको गर्दै वीरगंज महानगरले ३ उद्योगको गेटमा फोहोर थुपारिदियो 

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वीरगंज महानगरपालिकाले ३ उद्योगको गेटमा फोहोर थुपारेको छ । सिर्सिया नदी प्रदूषित गरेको भन्दै महानगरले अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्समोरियम लेदर इण्डस्ट्रिज प्रालिको गेटमा फोहोर थुपारेको हो । 

प्रतिकारात्मक कारबाहीस्वरुप महानगरको नगर प्रहरीसहित सरसफाइको टोलीले ती उद्योगको मुख्यद्वारमै फोहोर थुपारेको नगर प्रहरी प्रमुख हरि भुसालले बताएका छन् ।

सिर्सिया नदीमा फोहोर नफाल्न पटकपटक अनुरोध गर्दा पनि उद्योगले अटेर गरेपछि प्रतिकार गर्न बाध्य भएको महानगरले जनाएको छ । महानगरका अनुसार गत बैशाख ९ गते नै नदीमा फोहोर नफाल्न ती उद्योगलाई पत्र पठाएको थियो । सँगै १५ दिनभित्र फोहोरमैला व्यवस्थापन गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । 

तर, महानगरको पत्र र चेतावनी समेतलाई बेवास्ता गरेपछि उद्योगमा फोहोर थुपारिएको हो । नदीमा फोहोर फाल्ने उद्योगमा निरन्तर फोहोर थुपार्ने महानगर प्रहरी प्रमुखले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी