काठमाडौँ । बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनले गन्हाउने अचार बेच्ने गरेको पाइएको छ । काठमाडौँको कलंकीमा रहेको बर्गर हाउसले मःमसँग गन्हाउने अस्वस्थकर अचार दिने गरेको पाइएको हो ।
अनलाइन अर्डरमार्फत उक्त बर्गर हाउसले ग्राहकलाई मःमसँग अचार पठाएको थियो । तर, बर्गर हाउसले मःमसँग पठाएको अचारमा साह्रै गन्ध आएको भन्दै ग्राहकले गरेको उजुरीपछि बर्गर हाउसले मःमसँग गन्ध आउने अस्वस्थकर अचार बेच्ने गरेको खुलासा भएको हो ।
हाल गन्हाउने अचार बेच्ने उक्त बर्गर हाउसलाई काठमाडौँ महानगरले कारबाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
बर्गर हाउसका ती ग्राहकका अनुसार बर्गर हाउसले सुरुमा पठाएको अचारमा गन्ध आएपछि उनले पहिलोपटक बर्गर हाउसलाई जानकारी गराएका थिए । तर, दोस्रो पटक पठाइएको अचारमा सोही खालको गन्ध आएपछि ती ग्राहकले महानगर प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीउपर छानबिन गर्दा अचारमा स्वच्छता नभएको पाइएपछि बर्गर हाउसलाई कारबाही गरिएको महानगरले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्