काठमाडौँ । अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षिय सम्साद आलम रहेका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ९ तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसार पोसार विक्री वितरण गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो व्यक्तिलाई असार १५ गते पक्राउ गरेको हो ।
प्रहरीले आलमको शरीर खानतलासी गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा ५४.८७० ग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो रंगको बाला थान २ फेला परेको थियो । हाल यस घटनाको थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्