Skip to content
LAXMI SUNRISE BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित) 

अर्थ सरोकार

काठमाडौँ । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज बेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर १७१.५० रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, क्यानडियन डरल एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.६९ रुपैयाँ रहेको छ । 

यता मलेसियन रिङ्गिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकारमा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दरसम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK