काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । सोमबार बसेको महासंघको कार्यसमिति बैठकले यस्तो व्यवस्था गरेको हो ।
यसअघि भवानी राणा महासंघको वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर, महासंघको कार्यसमिति बैठकले उक्त व्यवस्था संशोधन गर्दै महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको छ ।
महासंघको कार्यसमितिले संशोधन गरेको उक्त विधान आगामी मंसिरमा हुने महासंघको साधारण सभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।
यता महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रत्यक्ष निर्वाचनबाट महासंघको अध्यक्ष चयन हुँदा महासंघमा सक्षम व्यक्तिले ठाउँ पाउने बताएका छन् । यसले महासंघको साख र उद्धेश्य पूरा गर्न सहयोग पुग्ने अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्