काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दावी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो ।
गढी गाउँपालिका-२ सखुवारेकी गितादेवी माझीले २०७९ बैशाख ११ गते संस्थाबाट तीन लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको कर्जा किस्ता तिर्न बाँकी साँवा र ब्याज रकम एक लाख ४४ हजार रहेकोमा फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापतको ८८ हजार ७ सय ७९ रुपैयाँ भुक्तान गरेको हो । कर्जा लिने गीतादेवीको दुर्घटनामा मृत्यु भएको थियो ।
बीमा रकम हस्तान्तरण गढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रभाकर माझीले मृतकका श्रीमान रामनारायण माझीलाई चेक हस्तान्तरण गरेका हुन् । सो क्रममा बोल्दै वडाध्यक्ष माझीले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अंग भएको बताउँदै यसले हाम्रो जीवनस्तर माथि उकास्न र समाजको विकास गर्न टेवा पुर्याएको बताए ।
लघुवित्त वित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने तथा बैंक तथा वित्तीय संस्थाको नियमानुसार जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताकै लागि विभिन्न पेशा, व्यापार व्यवसायमा लगानी गर्ने भएकोले बैंक तथा वित्तीय संस्था प्रति सबै इमानदार बन्नुपर्ने वडाध्यक्ष माझीले बताए ।
पछिल्लो समय व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि उच्छृङ्खल व्यक्ति र समुहले जेमा पनि राजनीति गर्ने प्रवृत्ति मौलाउँदा लघुवित्त क्षेत्रमा सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा सोको पछि नलाग्न पनि उनले अनुरोध गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्