काठमाडौँ । ग्लोबल आईएमई बैंक नास आईटीको दिगो साझेदार बनेको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेसँगै बैंक नास आईटीको दीगो साझेदार बनेको हो ।
असार २० मा आयोजित सम्झौता पत्र हस्तान्तरण समारोहमा नास आईटीले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ । यो साझेदारीले नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्दछ।
यस साझेदारी मार्फत बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकि र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन् ।
त्यस्तै, ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दिगो कोष सरू गरेको छ।
ग्लोबल आईएमई बैंक नेपालमा एक प्रमुख वित्तीय संस्था हो, जसले रणनीतिक वित्तीय पहलहरू मार्फत आर्थिक विकासलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्