Skip to content
LAXMI SUNRISE BANK

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १४५००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले घटेर १४४१०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ९०० रुपैयाँले घटेर प्रतितोला १४३४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १८८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK