काठमाडौँ । दाङको तुलसीपुर-४ निवासी जितबहादुर थापा अवकासप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर-४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् ।
उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब १० लाख रुपैयाँ लागतमा उनले व्यवसाय सुरु गरेका हुन् ।
स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको बताए । ‘धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन् ।’, उनले भने, ‘तर, यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ ।’
त्यस्तै, उनले वार्षिक १५-२० लाख रुपैयाँ आम्दानी गर्दै आएको बताएका छन् । २० वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गरेका थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।
मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए । अब समाजलाई सकेको सहयोग गर्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्