×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको ८८ हजार २ सय ९ कित्ता संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकको ८८ हजार २ सय ९ कित्ता संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार २ सय ९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आगामी ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । सो अवधिमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी