×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

Artha Sarokar

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता दिएको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो ।

यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भिम पे, पेटीएम, गुगल पे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

बैंकले यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

त्यस्तै, यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजिकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । साथै, नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षितगरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्यसमेत  गर्नेछ ।

डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी