काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै माओवादी नेतृत्वको सरकार ढलेको छ ।
प्रतिनिधि सभाको बैठकबाट दुईतिहाइ मत प्रधानमन्त्रीको विपक्षमा परेपछि माओवादी नेतृत्वको सरकार ढलेको हो । विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।
सरकार ढलेपछी संसद् भवनबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड र पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ झण्डा फहराएर संसद् भवन बाट बाहिरिएका छन ।
तर, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने अगाडि पछाडि स्कर्टिङसहित प्राइभेट नम्बर प्लेटको गाडीमा निस्किएका थिए । त्यस्तै, पूर्व श्रममन्त्री डोल प्रसाद अर्याल संसद् भव बाट निस्किँदा झण्डा छोपेर निस्किएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः