काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भएपछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जर पश्चात मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघुवित्तको सदस्य सङ्ख्या २ लाख १६ हजार, ऋणी सङ्ख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब पुग्ने छ ।
‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो उपस्थिति जनाउने छ । मातृभूमि लघुवित्तलाई नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने हामी प्रतिबद्ध छौं’ संस्थाका अध्यक्ष लोकराज शर्माले भने ।
शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा-४ मा रहने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्