×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला थालीमा साउनभरी लसुन र प्याज बिनाको थाली खान पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मिथिला थालीमा साउनभरी लसुन र प्याज बिनाको थाली खान पाइने

Artha Sarokar

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेफ सन्तोषको गौशालाको मिथिला थालीमा साउनभरी लसुन र प्याज बिनाको थाली खान पाइने भएको छ । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर  लसुन र प्याज समेत नराखी मिथिला थाली खान पाइने भएको हो ।

सेफ सन्तोषले भने, ‘गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो ।’ साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौँ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरूका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ ।

उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौँको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो ।

शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ । जसमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसमी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ । रेष्टुरामा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ ।

हिन्दु धर्मावलम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, ऐश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी