काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई कारवाही गरेको छ । ढकालले पार्टीको आचारसंहिता उल्लंघन गरेको निष्कर्ष निकाल्दै मंगलबार बसेको पार्टीको केन्द्रीय बैठकले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट पदमुक्त गरेको हो ।
ढकाललाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा पार्टीको केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरिएको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।
झाका अनुसार मुकुल ढकाललाई पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।
त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई पदीय जिम्मेवारीबाट हटाउनेगरी गरेको निर्णयप्रति चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्ने निर्णय गरेको छ । पुनरावेदनमार्फत ढकालले पार्टीको केन्द्रीय समितिको चित्त बुझाउन सके उनलाई पुनः जिम्मेवारीमा फर्काउन सकिने पार्टीका सहप्रवक्ता झाले बताएका छन् ।
आयोगले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो । रास्वपाले ढकालले पार्टीको आचारसंहिता उल्लंघन गर्नुका साथै पार्टीलाई क्षति पुर्याएको निष्कर्ष निकालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्