×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सरकारले करिब ३० अर्वको ट्रेजरी बिल नवीकरण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल सरकारले करिब ३० अर्वको ट्रेजरी बिल नवीकरण गर्ने

Artha Sarokar

१७ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल सरकारले करिब ३० अर्वको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २९ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन १५ गते परिपक्व हुनेछ । साथै, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी मंसिर १५ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस १६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ असार १७ गते परिपक्व हुनेछ ।

असार १८ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि असार १७ गते सोमबार दिउँसो १ बजेदेखि ३ बजे ट्रेजरी बोलकबोल हुने जनाईएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी