×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्दै

Artha Sarokar

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने भएको छ । कम्पनीले एजुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानीगरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानीगरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्ने भएको हो ।

होटल रोयल सिङ्गी काठमाडौँमा आइतबार सम्पन्न भएको सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरका हुन् । एजुकेटर्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताएका छन् ।

शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको हो ।

त्यस्तै, कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरू जस्तै: जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बिमितको सङ्ख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको जनाएका छन् । साथै, उनले कम्पनीले बिमित ग्राहकहरूबाट सङ्कलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरूमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरेको उल्लेख गरेका छन् ।

कम्पनीका सीईओ पराजुलीले जीवन बिमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रबिन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी