×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसरमा वृक्षारोपण सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसरमा वृक्षारोपण सम्पन्न

Artha Sarokar

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले वृहत वृक्षारोपण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । महासंघले हरेक असार ३१ गते विविध कार्यक्रम आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

यसैक्रममा सोमबार महासंघले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१३, रातामाटे डाँडा सामुदायिक वनमा वृहत वृक्षारोपण गरी मनाएको छ । कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेश, काठमाडौं जिल्ला पदाधिकारी तथा सदस्यहरू साथै उद्योगी व्यवसायीहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा महासंघका अध्यक्ष खिमलाल भण्डारीले समाजप्रतिको उत्तरदायित्व निर्वाहमा महासंघ निरन्तर रुपमा लागिरहेको र आगामी  दिनमा पनि यसलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिवद्धता गरेका थिए । उनले महासंघले रचनात्मक काम गर्दै आएको बताए ।

त्यसैगरी वन समितिका सचिव विष्णुबहादुर श्रेष्ठले वृक्षारोपणले हरियाली बढाउनुको साथै वातावरण राम्रो प्रभाव बताउँदै महासंघलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने बताए । त्यस्तै, सव डिभिजन वन कार्यालयका प्रतिनिधि यदु कुमार भारतीले महासंघको यस कार्यप्रति धन्यवाद व्यक्त गर्दै सव डिभिजन वन कार्यालयले आगामी दिनमा आवश्यक परे बिरुवा लगायतका अन्य सहयोग प्रतिवद्धता व्यक्त गरिन् ।

उक्त वृक्षारोपण कार्यमा रातामाटे सामुदायिक वन समितिले स्थान र सव डिभिजन वन कार्यालय गोकर्णले बिरुवा उपलब्ध गराई सहजिकरण गरेको थियो ।

स्थापना दिवसको अवसरमा महासंघले सातै प्रदेश स्तरीय शाखा, जिल्ला शाखा, नगर तथा पालिकाहरूले पनि विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै मनाइरहेका छन् । स्थापना दिवसकै अवसरमा पारेर महासंघले साउन २ गते बिहान ११ बजेबाट नयाँबसपार्क परिसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी