×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली, ९ अर्बमाथिको कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा हरियाली, ९ अर्बमाथिको कारोबार !

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक बढेको ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलवा बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, अङ्खु खोला जल विद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, अपि पावर कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर र संगति हाइड्रो इनर्जीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै मंगलबारको सेयर बजारमा १०.५ % नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बलेफी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, ११% एलबिबिएल डेबेञ्चर २०८९, १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ र १०% प्राइम डेबेञ्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी