×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार नेप्सेमा २०.४६ अंकको करेक्सन, १९ अर्बमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार नेप्सेमा २०.४६ अंकको करेक्सन, १९ अर्बमाथिको कारोबार

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्बमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६१ करोड १२ लाख ८६ हजार ६ सय ८३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यसैगरी आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी