×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो सोमबारः पशुपतिनाथमा श्रद्धालुको भीड, झरीमा रुझ्दै पालो कुर्दै भक्तजन… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साउनको पहिलो सोमबारः पशुपतिनाथमा श्रद्धालुको भीड, झरीमा रुझ्दै पालो कुर्दै भक्तजन… (फोटो-कथा)

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउनको पहिलो सोमबार (साउनगते) पशुपतिनाथ मन्दिरमा श्रद्धालुको भीड लागेको छ । साउन भगवान् शिवको महिना र शिवजीको बार सोमबार भएकाले आज पशुपतिनाथ दर्शनका लागि बिहानैदेखि मन्दिर परिसरमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।

आजको दिन विशेष आशुतोष भगवान् शिवको पूजा गरिन्छ । नेपालमा सौरमास अनुसार सोमबार नै व्रत बस्ने परम्परा छ । पशुपतिनाथमा भने चन्द्रमास र सौरमास दुवै साउने सोमबारमा श्रद्धालुको भीड लाग्छ । साउनका पहिलो सोमबार बिहानैदेखि काठमाडौँ लगायतका अधिकांश क्षेत्रमा झरी परिरहेको छ । र पनि पशुपतिनाथ दर्शनका लागि पुगेका श्रद्धालुहरू झरीमा रुझ्दै भए पनि भगवान्को दर्शनका लागि लामबद्ध भएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी