Skip to content
LAXMI SUNRISE BANK

विमान दुर्घटना अपडेटः चार जनाको शव निकालियो, उद्धार जारी 

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानबाट चार जनाको शव निकालिएको छ । उद्धारमा खटिएका अग्नि नियन्त्रकहरुले हालसम्म चार जनाको शव निकालेका हुन् । 

अग्नि नियन्त्रकका अनुसार यसअघि उद्धार गरिएका जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई भने थप उपचारका लागि केएमसी अस्पताल लगिएको छ । 

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखराका जान लागेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK