×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु साहको आरोप- ‘सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु साहको आरोप- ‘सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ’

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको आरोप लगाएका छन् । 

शाहले सरकार नै हुण्डी कारोबार संलग्न हुँदा मुलुक आर्थिक रुपमा झनै बर्बाद भएको बताएका छन् । उहाँले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएका छन् । 

‘सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूलाठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन । बैंकहरु आफैँ अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र नेपाल यसरी बर्बाद हुँदैछ ।’, उनले भने, ‘राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ । हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी