×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म माथि पनि अनुसन्धान गर्नुस्’ भन्दै गृहबाट बिदा भए रवि… (फोटो-कथा) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘म माथि पनि अनुसन्धान गर्नुस्’ भन्दै गृहबाट बिदा भए रवि… (फोटो-कथा) 

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बिदा भएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लामिछाने मन्त्रालयबाट बिदा भएका हुन् । 

मन्त्रालयबाट बिदा हुँदै रविले आफ्ना विषयमा उठेका प्रश्नहरुमाथि छानबिन गर्न आग्रह गरेका छन् । उनले आफू गृहमन्त्रीको पदमा रहँदा अनुसन्धानमा अप्ठ्यारो परेको भए अब निर्धक्कसँग अनुसन्धान गर्न आग्रह गरेका छन् । 

‘मेरो बारेमा धेरै कुरा उठेका छन्, उठ्छ, हिजो पनि उठेका हुन् । मैले आफ्नो विषयमा यो गर्नुस्, त्यो गर्नुस् भनेको छैन ।’, उनले भने, ‘तर पनि मन्त्री भएका कारणले केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, अनुसन्धान गर्नुस् । गल्ती गरेको भए जो कोही होस्, बच्नु हुँदैन, बचाउनु हुँदैन ।’ 

जाँदाजाँदै रविले एमाले र काँग्रेस दुई ठूला राजनीतिक दल एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण भएको पनि उल्लेख गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी