काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले ठूला दुई दलको मिलन खतराको घण्टी रहेको टिप्पणी गरेका हुन् ।
उनले वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न नपाउँदै ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको पनि आरोप लगाएका छन् ।
‘दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो ।’, सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेलाई लक्षित गर्दै रविले भने, ‘हिजो कुरा चल्यो फाइल तिमिहरुले होइन, हामीले खोलेका हौँ भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाइल तपाईँहरू नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो जुन फाइलमा प्राण थियो ।’
त्यस्तै, उनले संसद्मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्