काठमाडौँ । समृद्धि फाइनान्सका ग्राहकहरूलाई मेघा हस्पिटल सानेपामा विशेष छुट हुने भएको छ । फाइनान्सले आसार २० गते मेघा हस्पिटल सानेपा, काठमाडौँसँग समझदारी गरेसँगै ग्राहकहरूलाई छुट हुने भएको हो ।
सो समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण खातावालाहरुले २०८१-०३-२१ देखि २०८-०३-२० गतेसम्म समृद्धि मोबाइल बैंकिङ र डेविड कार्ड प्रयोगगरी मेघा हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोगगरी भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् ।
यो सुविधाबाट फाइनान्सका सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत सुभास श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निशुल्क प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्