×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुकुम्बासीका लागि बनाइएका ‘भव्य अपार्टमेन्ट’मा लेऊ र झार, सुकुम्बासी भने खोलामै ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

सुकुम्बासीका लागि बनाइएका ‘भव्य अपार्टमेन्ट’मा लेऊ र झार, सुकुम्बासी भने खोलामै ! (फोटो-कथा)

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा गरीब तथा सुकुम्बासीका लागि बनेका भव्य संरचना जीर्ण बन्दै गएका छन् । बागमती, विष्णुमती र मनहरा किनारका सुकुम्बासीका लागि निर्माण गरिएका संरचना जीर्ण बन्दै गएका हुन् । 

यसो त सरकारले सुकुम्बासी र गरिब व्यक्तिहरुका लागि भन्दै चारवटा ठूला अपार्टमेन्ट बनाएको छ । १२ करोड रुपैयाँ लगानीमा दुई स्थानमा निर्माण गरिएका ती भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् ।

नदी किनारमा रहेका सक्कली सुकुम्बासीहरुलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा २०६९ सालमा सरकारले यी भवनहरु बनाउने निर्णय गरेको थियो । तर, सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवास काठमाडौँका वास्तविक सुकुम्बासीले देख्नसम्म पाएका छैनन् ।

पूर्ण रुपमा प्रयोगमा नआएकै कारण अहिले जीर्ण बन्दै गएको अपार्टमेन्टको एउटा ब्लकमा नागार्जुन नगरपालिका-१ को कार्यालय र अस्थायी पोष्ट रहेको छ भने एउटा बल्क भने मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ । यसरी सुकुम्बासी र गरिबहरूको लागि बनाइएका सो अपार्टमेन्टहरु पूर्ण रूपमा प्रयोग नहुँदा लेऊ, र झारले छोपिएको भने जीर्ण समेत बन्दै गएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी