काठमाडौँ । ललितपुर महानगरपालिकाले नदी छेउका अनधिकृत संरचना हटाएको छ । आइतबार महानगरले बालकुमारीस्थित नदी छेउमा बनाइएका अनधिकृत संरचना हटाएको हो ।
महानगरका अनुसार नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृत रुपमा बनाइएका संरचना हटाइएको छ ।
महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा खटिएको टोली र जनप्रतिनिधिको उपस्थितिमा करिब ९ घरटहरा रहेको सुकुम्बासी बस्तीको संरचना हटाइएको महानगरले जनाएको छ ।
लामो समयदेखि अनधिकृत रुपमा बसेको उक्त सुकुम्बासी बस्ती खाली गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले प्रहरी परिचालन गरेरै उक्त संरचना हटाएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः