काठमाडौँ । त्रिशुली नदीमा उद्धार तथा खोजीमा त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम खटिएको छ । त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको हो ।
साहसिक खेल मात्र नभइ उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्स समेत भनिन्छ ।
भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।
मलेखु स्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।
सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताएका छन् । र्याफ्टिङ गाइड समेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्