×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तितो करेलाको मूल्य ४० रुपैयाँले घट्दा सोमबार १०० रुपैयाँले बढ्यो पुदिनाको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तितो करेलाको मूल्य ४० रुपैयाँले घट्दा सोमबार १०० रुपैयाँले बढ्यो पुदिनाको मूल्य

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य घट्दा हरियो पुदिनाको मूल्य बढेको छ । तितो करेलाको मूल्य ४० रुपैयाँले घटेर ५० रुपैयाँ र पुदिनाको मूल्य १०० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६४ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, मूला सेतो (लोकल) ४० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ९०, हाइब्रिड घ्यु सिमी ९०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ५०, लोकल परवर ३० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ४०, भिण्डी ६०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ १५०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, रातो बन्दा ६०, जिरीको साग १५०, सेलेरी १६०, पार्सले ३००, पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १२०, खुर्सानी हरियो (बुलेट) १२०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ५०, भेडे खुर्सानी ७०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, आँप (मालदह) ८०, आँप (दसहरी) ८०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १५०, हाइब्रिड काक्रो ८०, रुख कटहर ५०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी