Skip to content
LAXMI SUNRISE BANK

सांसद अमरेश कुमार सिंहले कम्पनीको नामै तोकेर छानबिनको माग गरेपछि नेपाल फाइनान्ससहितका सेयर लगानीकर्ता फायर

अर्थ सरोकार

काठमाडौँ । सोमबार ४०.७६ अंकले बढेर बन्द भएको सेयर बजारमा सांसद र सांसदले दिएको अभिव्यक्तिको चर्चा व्यापक भयो । सेयर बजार निरन्तर उकालो गतिमा लागिरहेको बेला सांसदहरुले प्रतिनिधि सभाको बैठकमै धमाधम सेयर बजारबारे बोल्न थालेपछी अहिले नेप्से भन्दा बजारमा सांसदको चर्चा बढी छ । 

यही चर्चाबीच अहिले सेयर बजारमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको चर्चा अलि बढी छ । कारण, उनले सोमबार प्रतिनिधि सभाको बैठकमा कम्पनीको नाम नै तोकेर ती कम्पनीमा कर्नरिङ भएको भन्दै सरकारसँग अस्वभाविक रुपमा सेयर मूल्य अकासिएका ४ कम्पनीमाथि छानबिनको माग गरेका थिए । 

उनले संसद्‌मा नेपाल फाइनान्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सिडिएन हाइड्रोपावर र हाथवे इन्टरनेशनल नेपाल लिमिटेडमाथि छानबिन गर्न माग गरेका थिए । 

सांसद सिंहले बैठकमा सेयर बजारबारे बोल्नुअघि सेयर बजारलाई सहकारीसँग तुलना गर्दै नेपाल सरकारले नियमन नगरेकै कारण सहकारीका बचतकर्ताले ठूलो पैसा गुमाउनुपरेको र सेयर बजारमा नियमन नगर्दा पनि अहिले धेरै लगानीकर्ताको ठूलो रकम डूब्ने खतरा भएको बताएका थिए । सँगै उनले क्लब हाउसमा लगानीकर्तालाई गुमराहमा राख्ने र सामाजिक सञ्जालमार्फत प्रोपोगान्डा फैलाएर सेयर बजारमा कर्नरिङ गरेर कृतिम रुपमा बजार बढाइरहेकाले छानबिनका लागि संसदीय छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

सिंहको यस्तो अभिव्यक्तिपछि अहिले सेयर बजार तातेको छ । बजार मात्र होइन, संसद्‌मा सिंहको अभिव्यक्तिपछि नेपाल फाइनान्ससहितका सेयर लगानीकर्ता फायर भएका छन् । कतिपयले सिंहले दिएको अभिव्यक्तिले बजारलाई प्रभावित पार्ने बताइरहेका छन् भने कतिपयले बजार बढेको देखिनसक्नु भएपछि सिंहले संसद्‌मा फ्रस्टेसन ओकलेको बताएका छन् । 

तर, यहीबीच कतिपयले भने उनले बोलेका कुरा गम्भीर भएको भन्दै त्यसतर्फ सरकारले ध्यानाकर्षण गर्नुपर्ने पनि बताइरहेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK