काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । मिस्री नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा सन् २०२४ को अगस्त ११ र १२ तारिखमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
उनी विदेश सचिव बनेपछि छिमेकी मुलुकहरूलाई प्राथमिकता राख्दै शिष्टाचार भ्रमणमा आउन लागेका हुन् । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणकाबीच परराष्ट्र सचिव सेवा लम्सालसँग उनको द्विपक्षीय कुराकानी हुनेछ ।
मिस्रीय गत जुलाई १५ मा विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् ।
५९ वर्षिय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९–२०२१ सम्म चीनका लागि भारतको राजदूतको रुपमा पनि काम गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्