Skip to content
LAXMI SUNRISE BANK

नाडामा गुणस्तरहीन चिनियाँ गाडीको बिगबिगी !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको भृकृटिमण्डपमा भदौ ११ गते (मंगलबार)देखि ‘नाडा अटो शो २०२४’ सुरु भएको छ । शोमा विभिन्न ब्राण्डका ईभि गाडीहरु प्रदर्शनीमा राखिएको छ ।

तर, नाडा अटो शोमा राखिएका अधिकांश गाडीहरु चिनियाँ छन् । अझ चीनमा वषौं पहिला ‘लन्च’ भइसकेका ईभी गाडीहरु नाडा अटो शोमा राखिएका छन् । अझ शोमा राखिएका गाडीलाई ‘लेटेस्ट मोडल’ भन्दै प्रचारसमेत गरिएको छ ।

नाडा अटो शोमा राखिएका कतिपय चिनियाँ गाडीहरु त यसअघि नै अन्तराष्ट्रिय बजारमा बदनाम बनिसकेका छन् । र अन्तराष्ट्रि बजारमा गुणस्तरहीन प्रमाणित भइसकेका तीन गाडीको नाडा अटो शोमा आक्रामक प्रचारप्रसार गरिएको छ ।

अर्कोतर्फ नाडा अटो शोमा राखिएका ८० प्रतिशत गाडीहरु चीनबाट आयात गरिएका छन् । अर्थात, नाडा अटो शो गाडी प्रदशनी मात्रै भन्दा पनि ‘चिनियाँ गाडी प्रदर्शनी’जस्तो देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK