काठमाडौँ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ ।
भारत सरकारको कूल परियोजना लागत रु चार करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठ, विभिन्न राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।
यस परियोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख श्रेष्ठ, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेको छन् । नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरिय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने बताइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । त्यसमध्ये चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काभ्रेपलाञ्चोकमा सात परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्