×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ कायम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ कायम

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफा वृद्धि भएको छ ।  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३ .३५ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४१ करोड रहेको थियो ।  त्यस्तै, सञ्चालन नाफा पनि १६.३१ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्ममा एभरेष्टको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशतले घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

यता, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट बैंकले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।

चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी