काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३ .३५ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४१ करोड रहेको थियो । त्यस्तै, सञ्चालन नाफा पनि १६.३१ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्ममा एभरेष्टको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशतले घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।
यता, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट बैंकले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।
चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्