Skip to content
LAXMI SUNRISE BANK

बिहीबार अमेरिकी डलरको भाउ घट्यो, युरो बढ्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK