काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य बढोत्तरी देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५०.५९ प्रतिशत बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ६७.१८ प्रतिशत र कुल आम्दानी ६६.०४ प्रतिशतले बढेको छ । त्यस्तै यसवअधिमा कम्पनीको कुल खर्च १७.२३ प्रतिशतले बढेको छ ।
नाफासँगै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस २ रुपैयाँ ५२ पैसा बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै, यसअवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्