काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफामा आकर्षक बृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३४५.६७ प्रतिशतले बढेको हो । जबकी अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ मात्रा नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा ९६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, कुमारी बैंकको इम्पेयरमेन्ट चार्ज ८ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । इम्पेयरमेन्ट चार्ज घट्दा र संचालन नाफामा बढोत्तरी देखिँदा नाफा बढेको हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।
हाल कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्