काठमाडौँ । लाओस अहिले गम्भीर वित्तीय संकटमा फसेको छ । चीनबाट ठूलो मात्रामा ऋण लिएपछि देशको आर्थिक सार्वभौमसत्ता र स्थायित्वमा खतरा बढेको छ । चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत लिएका ऋणहरू असमान शर्तहरू भएका कारण देशको लागि बोझ बनेका छन् ।
चिनियाँ लगानीले लाओसमा ठूला पूर्वाधार परियोजनाहरूमा ध्यान दिएको छ, जसमा बाँध, रेलवे स्टेशन, जलविद्युत गृह, होटल, र आवासीय परियोजनाहरू समावेश छन् । यद्यपि, यी परियोजनाहरू मुख्यतः चिनियाँ संस्थाहरूले नियन्त्रण गरेका छन्, जसले स्थानीय हितलाई उपेक्षा गरेको छ ।
लाओसको कुल बाह्य ऋणको आधा हिस्सा चिनियाँ ऋणले ओगटेको छ, जसमा ब्याज दर लगभग ४% रहेको छ, जबकि विश्व बैंक र जापान इन्टरनेशनल कोअपरेशन एजेंसी (व्क्ष्ऋब्) जस्ता अन्तर्राष्ट्रिय निकायहरूबाट लिइएको ऋणको ब्याज दर १% भन्दा कम छ ।
चिनियाँ ऋणले लाओसलाई वित्तीय संकटमा पारेको छ, जसको कारण देशको मुद्रा अवमूल्यन र मुद्रास्फीति बढेको छ । यसले ऋण चुक्ता गर्न अझै कठिनाई उत्पन्न गरेको छ । यो वित्तीय संकटले लाओसको आर्थिक, सामाजिक, र राजनीतिक स्थितिमा दीर्घकालीन प्रभाव पार्न सक्छ। समाधानका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्